ओखलढुंगामा १ सय ३३ शैय्याको क्वारेन्टाइन

सोलुखुम्बु, चैत्र १८

कोरोनाको संक्रमण हुन सक्ने आशंका गरिएका व्यक्ति राख्न ओखलढुंगामा १ सय ३३ शैय्याको क्वारेन्टाइन र ६ शैय्याको आइसोलेसन तयार भएको छ । जिल्ला सदरमुकाम तथा स्थानीय तहमा क्वारेन्टाइनमा निर्माण गरिएको हो । एक रिपोर्ट

जिल्लाका ८ वटा स्थानीय तहका १९ ठाउँमा क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ । क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरुले प्रयोग गर्ने माक्स, हात धुने साबुन, धारासहितको बकेट, स्यानिटाइजर, ब्लिचिङ स्प्रे, तौलीलगायतका सामग्री समेत तयारी अवस्थामा राखिएका छन् । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य,


क्वारेन्टाइन निर्माणमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको अरिदमन गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा जिल्ला शाखा, ओखलढुंगा उद्योग वाणिज्य संघलगायतको समन्वयकारी भूमिका खेलका छन् । ओखलढुंगा उद्योग वाणिज्य संघका प्रमुख ज्ञानेन्द्रकुमार मास्के,

ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल रुम्जाटार बाहेक तयार पारिएका सबै क्वारेन्टाइनका शैय्या शिक्षण संस्थामा राखिएका छन् । अन्यत्र पूर्वाधार अभाव भएकाले बन्द शिक्षण संस्थाको पूर्वाधार प्रयोग गरिएको हो ।

-->

सम्बन्धित शीर्षकहरु