कोरोना भाइरस बालबालिकामा कति जोखिम छ ?

सोलुखुम्बु, चैत्र १८


कोरोना भाइरसका कारण २ सय भन्दा बढी देश प्रभावित बनिसकेको अवस्थामा दिन प्रतिदिन मृतकको संख्या थपिदै गएको छ । यो भाइरसको जोखिम बालबालिकामा कति छ त ? एक रिपोर्ट

हालै मात्र गरिएको एक अनुसन्धानमा हालसम्म चिनमा कोरोनाको संक्रमण भएका मध्ये ३ प्रतिशत भन्दा कम व्यक्ति १० वर्ष मुनिका बालबालिका थिए । जसमध्ये पनि ९८ प्रतिशत भने सन्चो भएका छन् ।

यसार्थमा यो भाइरसको संक्रमण हुने जोखिम बालबालिकामा कमै हुन्छ यदि संक्रमण भए पनि निको हुने सम्भावना उच्च हुन्छ । मुख्यतया उच्च ज्वरो आउनु, खोकी लाग्नु र श्वासप्रश्वासमा समस्या आउनु वा छाती दुख्ने जस्ता लक्षण बालबालिकामा देखा पर्छन् ।

मांसपेशी दुख्नु, कमजोरी महसुस हुनु, बच्चाहरुमा झाडापखाला लाग्नु भनेको सहायक लक्षण हुन् । धेरैलाई लाग्न सक्छ की के यि सम्पूर्ण लक्षण देखा परेको अवस्था कोरोना भाईरसनै भएको मान्ने त ? बालरोग विशेषज्ञ डा. राजु काफ्ले

बालबालिकाहरुमा कोरोना भाईरसको जोखिम कम हुनुको प्रमुख कारण के हो त ? पुन डा. काफ्ले

बालबालिकाहरुलाई यो भाईरसको संक्रमणबाट बचाउन के गर्ने त ? डा. काफ्ले यसो भन्न छन्

कम उमेर समूहका व्यक्तिलाई कोरोना भाईरसको जोखिम कम हुन्छ भन्दैमा हामीले यसलाई वेवास्ता गर्नु हुदैन । विशेषगरी रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्नुका साथै सरसफाई र खानपानमा उचित ध्यान दिन सके यो भाईरसबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु