कांग्रेस नेता कार्की भन्छन्, ‘लकडाउन अवधिमा खाद्य संकट भए फोन गर्नुस्’

सोलुखुम्बु, चैत्र १८

नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले काठमाण्डौँमा रहेका सोलुखुम्बुका नागरिकलाइ लकडाउनको अवधिमा सहयोग गर्ने बताएका छन् । उनले यो अवधिमा खाद्यसंकट, औषधि उपचार लगायतमा समस्या भए सम्पर्कमा आएका जिल्लाका नागरिकलाई व्यक्तिगत रुपमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

समाजसेवी कार्कीले लकडाउनको अवधिभर कुनै समस्या परेमा आपतकालीन आवश्यक सहयोग गर्ने बताए । उनले कोरोना भाईरसबाट जोगिनका लागि सावधानी अपनाउन र घर भित्रै बस्न अनुरोध समेत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै नेता कार्कीले आफ्नोसहित तीनवटा सम्पर्क नम्बरमा फोन गर्न अपिल गरेका छन् । कार्कीलाई ९८१३७६३०३३ र दिनराज बास्तोलालाई ९८६२८४८४८३÷९८०३५५२८७५ मा सम्पर्क गर्न सकिनेछ ।

-->

सम्बन्धित शीर्षकहरु