लिखुपिकेमा १०/१० बेडको आईसोलेसन र क्वारेन्टाईन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, चैत्र १८

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले १० बेडको आईसोलेसन वार्ड र १० बेडको क्वारेनटाईन स्थापना गरेको छ ।

नमुना तस्वीर

कोरोना भाईरस संक्रमित विरामी वा शङकास्पद विरामीको उपचारका लागि गाउँपालिकाको चौलाखर्क स्थित हिमगंगा माविमा १०/१० बेडको आईसोलेसन र क्वारेन्टाईन वार्ड स्थापना गरिएको हो ।

लक डाउनका कारण विद्यालय बन्द रहेकाले विद्यालय भवनमा आईसोलेसन वार्ड र क्वारेनटाईन स्थापना गरिएको स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

गाउँपालिका प्रबेशद्धार लिखुखोला नजिक हेल्थ डेक्स स्थापना गरेको गाउँपालिकाले हरेक वडामा ५ वेडको आईसोलेसन वार्ड स्थापना गर्ने तयारी गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु