खिजिदेम्बाका जनप्रतिनिधिले एक महिनाको सुविधा विपद्कोषमा जम्मा गर्ने

नवराज कार्की
ओखलढुंगा चैत्र १८,


ओखढुङगाको खिजिदेम्बा गाउँपालिकामा आज बसेको गाउँकार्यपालिकाको बैठकले जनप्रतिनिधिहरुले १ महिना बराबरको सुविधा गाउँपालिकाको विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको रोकथाम र उपचारमा खर्च गर्नेगरी सो रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिकाले १ नं प्रदेश सभाका सदस्यहरुले पाउने सुविधा सम्बन्धी बनेको ऐन २०७५ बमोजिम प्राप्त गर्ने रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए ।

खिजिदेम्बाका जनप्रतिनिधिहरुले एक महिनामा पाउने ८ लाख १० हजार रुपैयाँ रकम कोषमा जम्मा हुन उनको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु