ओखलढुंगामा भारतबाट आएका दुई युवतीलाई आइसोलेसनमा राखियो

नबराज कार्की

ओखलढुंगा चैत्र १८
ओखलढुंगामा कोरोनाको आशंकामा भारतबाट आएका १८ र १९ वर्षीया दुई युतवीलाई आइसोलेसनमा राखिएको छ । उनीहरुलाई ज्वरो र खोकी देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको हो ।

सिद्धिचरण नगरपालिकाका ती युवतीहरुलाई स्वास्थ्य जाँचका क्रममा असामान्य भेटिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले बताए । ती युवतीहरूमा ज्वरो ९८ डिग्रीभन्दा माथि रहेको र उनीहरुमा रूघाखोकी पाइएको तिवारीको भनाई छ । युवतीहरुको स्वाब ९खकार० परीक्षणका लागि धरान लग्ने तयारी गरिएको छ ।

कोरोनाको आशंका गरिएका ती युवतीहरु भारतको सिलिगुढीमा काम गर्दै आएका थिए । उनीहरुसँगै सोही गाउँका अन्य ७ जना समेत ८ दिन अघि गाउँ फर्किएका थिए ।

ती युवतीहरुसँग गाउँ फर्किएका अन्य ७ जनालाई ओखलढुंगा क्याम्पस ओखढुंगाको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकाहरुको अवस्था सामान्य रहेको छ । यससँगै ओखलढुंगामा क्वारेन्टाइनमा रहनेको संख्या ११ पुगेको तिवरीको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु