मेयर शेर्पाको नगरबासीमा अपिल : खाद्यसंकट भए सिधै फोन गर्न आग्रह

सोलुखुम्बु, चैत्र १८
सोलुदधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नगरपालिका भित्र खाद्यसंकट भएका परिवारले आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।


नेपाल सरकारले कोरोना भाईरस संक्रमण फैलिन नदिनका लागि गरेको लकडाउनको समयावधिमा नगर क्षेत्रभित्र ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका वा खाद्यान्नको अभावमा छाक टार्न मुस्किल परेका परिवारले सम्पर्क गर्न सक्ने बताउनुभएको हो ।

आफ्नो सेवा सुविधाबाट कट्टा हुने गरि त्यस्ता परिवारलाई खाद्यान्न सहयोग गर्ने बताउनुभएको छ ।
हिमाल एफ.एम सँग कुरा गर्दे मेयर शेर्पाले आर्थिक अवस्था नाजुक भएका कारण छाक टार्न वा दैनिकी चलाउन कसैलाइ समस्या भएमा त्यस्ता व्यक्ति वा परिवारले सिधा ९८४१३४४६९० मा सम्पर्क गर्न सक्ने बताउनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु