खिजिदेम्बाले घरैमा सामाजिक सुरक्षा भत्ता, घरैमा स्वास्थ्य जाँच

नवराज कार्की
ओखलढुंगा, वैशाख १८

ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाले १ हजार ६ सय ४३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

गाउँपालिकाले वडा कार्यालयमार्फत जेष्ठ नागरिक, दलित, एकल महिला र  अपांगता भएका व्यक्तिहरुलाई घरघरमै पुगेर भत्ता वितरण गर्न थालेको हो ।

गाउँपालिकाले भत्ता वितरणका लागि वडाध्यक्ष, कर्मचारीलगायत औषधिसहितका स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

उनीहरुले टोलटोलमै पुगेर भत्ता वितरण गर्ने र स्वास्थ्य जाँच गर्ने काम थालेका छन् । 

लकडाउनलगायतका प्राविधिक समस्याले केही ढीला भए पनि घरघरमै पुगेर जेष्ठ नागरिकलाई भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए ।

भत्ता वितरणसँगै नागरिकलाई स्वास्थ्य सेवा दिएको अध्यक्ष रोकाले बताए ।

-->

सम्बन्धित शीर्षकहरु