सोलुदुधकुण्डका स्वास्थ्यकर्मी, नगर प्रहरी र कार्यालय सहयोगीको कोरोना वीमा

सोलुखुम्बु, वैशाख १८

सोलुदुधकुण्ड नगरपालिकाले ८२ जना स्वास्थ्यकर्मी, नगर प्रहरी र कार्यालय सहयोगीको कोरोना वीमा गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले नगर भित्र कार्यरत ५४ स्वास्थ्यकर्मी, १० नगर प्रहरी र १८ कार्यालय सहयोगीको कोरोना वीमा गरिदिएको स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए ।

हेल्थपोष्ट र कोरोना रोकथामका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको वीमा गरिएपछि उनीहरुमा ऊर्जा थपिएको संयोजक मगरको भनाई छ ।

आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडसंग वीमा पोलिसी दर्ता गराएको नगरपालिकाले जनाएको छ । कोरोना वीमा पोलिसी अन्तरगत एक लाख सम्मको कोरोना जोखिम वीमा गर्न सकिनेछ ।

प्रतिव्यक्ति एक हजार र परिवार वा समूहमा प्रतिव्यक्ति ६ सय वीमा शुल्क बुझाउदा एक लाख सम्म र प्रतिव्यक्ति ५ सय र परिवार वा समूहमा ३ सय वीमा शुल्क बुझाउदा ५० हजारसम्मको वीमा गर्न सकिन्छ ।

एक बर्ष भित्र कोरोनाको पिसिआर टेष्टबाट पोजेटिभ देखिए उस्लाई वीमांक रकम भुक्तानी गरिनेछ ।

-->

सम्बन्धित शीर्षकहरु