किविफल प्रशोधन तालिम पाएपछि कृषक उत्साहित

सोलुखुम्बु – किवि खेतिमा व्यवसायीकता खोज्दै आएका सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका कृषकहरुलाई प्रशोधन सम्बन्धि ३ दिने तालिम प्रदान गरिएको छ । बागबानी केन्द्र फाप्लुको आयोजनामा संचालित तालिममा तिन जिल्ला ३८ जना कृषक तथा प्राविधिकको सहभागीता रहेको थियो ।

किवि खेति गर्दै आएका कृषकले प्रशोधन तालिम पाएपछि खुसी भएका छन् । उनीहरुले बजारमा विक्रि नभएका या विक्रि नहुने साना किविफलबाट होलक्याण्डी, माडा, जाम, स्क्वाईस लगायतका परिकार बनाउन सिकेका छन् ।

खोटाङको केपिलासगढी गाउँपालिका १ फेदीका कृषक बासुदेव राई भन्छन्, ‘किविफलको उत्पादन सानाठूला भएकाले हामी ग्रेडिङ गरेर ठूला फल बजारमा पठाउछौ । साना किविफल खेर जाने अवस्था थियो । प्रशोधन तालिमले अर्को संभावनाको ढोका खोलिदिएको छ । म निकै खुसी छु ।’ सीपलाई व्यवहारिक बनाउने बासुदेवले बताए ।

सोलुखुम्बुका किवि कृषक ओङदावा शेर्पाले प्रशोधन पछिको जुसको स्वाद लिदै भने, ‘जुस पिउदा खास लाग्यो । जुन स्वास्थ्यवद्र्धक पनि छ । तालिमले प्रशोधन गर्ने सीप पाएको छु । प्रशोधनपछिको किविका परिकारहरुले स्थानीय रुपमै बजार पाउछ भन्ने आशामा छु ।’


ओखलढुंगा खिजिदेम्बाका कृषक डबल बस्नेतले तालिमले किविफलसंगै प्रशोधनबाट बनाउन सकिने अन्य परिकार पनि बजारसम्म लैजान सकिने वातावरण तयार भएको प्रतिक्रिया दिए । उनले भने, ‘प्रशोधन तालिम कृषकको लागि फलदायी हुनेछ ।’


किविफल प्रशोधन तालिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तरगत खाद्य प्रविधि विकास तथा तालिम महाशाखाकी वरिष्ठ खाद्य प्रविधि अनुसन्धान अधिकृतहरुको उपस्थितीमा संचालन गरिएको हो । खाद्य प्रविधिविज्ञ हूँमा बखिमले विभिन्न साईजका किवि उत्पादन हुने हुदा बजार पठाएर बाँकी रहेका किवि सदुपयोग गर्ने दरिलो विधि नै प्रशोधन भएको बताईन् । उनले भनिन्, ‘प्रशोधनबाट विभिन्न परिकार बनाएर स्थानीयसंग जोड्न सके स्वास्थ्यवद्र्धक खानेकुरा खाने वातावरण तयार हुनेछ । त्यसतर्फ पनि कृषकहरु लाग्न आवश्यक छ ।


किवि खेति प्रविधिलाई बढवा दिदै आएको बागबानी केन्द्रले उत्पादित किविको बजारीकरणमा समस्या देखिएपछि प्रशोधन तालिमको आयोजना गरेको हो । किवि खेत गर्ने कृषकको संख्या बाक्लिनु र क्षेत्र विस्तार संगै थपिएको बजार व्यवस्थापनको चुनौतिलाई सहयोग गर्न प्रशोधन तालिम आयोजना गरिएको वरिष्ठ बागबानी विकास अधिकृत चन्द्रमान श्रेष्ठ बताए । उनले भने, ‘बजारसंग जोडिन नसक्ने या साना किविफललाई प्रशोधन गरेर पनि आम्दानी लिन सकिन्छ भन्ने ज्ञान र सीप प्रदान गर्न तालिम दिएका हौ । कृषकहरु उत्साहित छन् ।’


ओखलढुंगा र खोटाङका कृषकहरु किवि खेतिमा आकर्षित भएका छन् । यता, सोलुखुम्बुमा यहि बर्ष देखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत किवि जोन कार्यक्रम संचालन शुरु भएको छ । उक्त कार्यक्रमले सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिकालाई कार्यक्षेत्र बनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु