सोलखुुम्बुको माप्य दुधकोशीमा बुद्धपार्क बन्ने निश्चित

सोलुखुम्बु, साउन १३


सोलुखुम्बुको माप्य दुधकोशीमा बुद्धपार्क निर्माण हुने निश्चित भएको छ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बृद्धि गरि आर्थिक स्तर सुधार गर्ने लक्ष्य राखेर पार्क निर्माण गर्ने योजना बनाईएको हो ।

गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा रहेको थलाडाँडामा बुद्धको प्रतिमा राखेर बुद्धपार्क निर्माण गर्ने निश्चित भएको गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले बताईन् ।

चालु आर्थिक वर्षको निति तथा कार्याक्रममा समावेश गरिएको कार्यक्रम अन्तरगत ३ सय रोपनी क्षेत्रफलमा बन्ने बुद्धपार्कमा १५१ फिट अग्लो बुद्धको प्रतिमा राखिने उनले बताईन् ।

बुद्ध पार्क निर्माणका लागि डिपिआर तयार गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७–७८ मा ६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । पार्क निर्माणका लागि संघिय र प्रदेश सरकारसँग बजेट माग गर्ने र थप काम अघि बढाउने गाउँपालिकाले जनाएको छ ।

धार्मिक, साँस्कृतिक सहिष्णुता कायम राख्दै आर्थिक सम्बृद्धि र सभ्य समाज निर्माणको लागि गाउँपालिकाले बुद्ध पार्क निर्माण गर्न लागेको उपाध्यक्ष मगरको भनाई छ । सोमबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई लगायतको टोलीले थलाडाँडाको स्थलगत अनुगमन गरेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु