पत्तालेबासीको अल्टिमेटम : माघ २२ सम्म विद्युत विस्तारको काम शुरु नभए विद्युत अबरुद्ध गर्छौ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेका स्थानीयले पत्ताले क्षेत्रमा ग्रामिण विद्युतीकरणको काम तत्काल शुरु नभए तार काट्ने र पोल ढाल्ने चेतावनी दिएका छन् ।

माघ ४ मा ३३ केभी प्रसारण लाईनको विद्युत उद्घाटन कार्यक्रम तिङलालीको आन्दोलनबाट प्रभावित बनेपछि विद्युत अन्यौलमा परेको भन्दै पर्यटकीय क्षेत्र समेत रहेको पत्तालेमा आगामी माघ २२ सम्म विद्युत विस्तारको काम शुरु नभए विद्युत अबरुद्ध गर्ने चेतावनी दिएका हुन् ।


शनिबार पत्ताले गाउँ सुधार समितिको बैठक बसेर सर्वसम्मतरुपमा विद्युत विस्तारको काम अघि नबढे पत्ताले क्षेत्रमा टाँगिएको तार काट्ने र पोल ढाल्ने निर्णय गरेका छन् । साथै, यथासिघ्र विद्युतीकरण थाल्न नेपाल विद्युत प्राधिकरण, सोलु प्रसारण कार्यालय र सोलुदुधकुण्ड नगरपालिकाको कार्यालयलाई आग्रह समेत गरिएको छ ।


वैठकले पत्ताले बजार क्षेत्रका १०७ घरधुरीलाई विद्युत मिटर उपलब्ध गराउन पनि प्राधिकरणलाई आग्रह गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु