सगरमाथा राष्ट्रिय निकुञ्जमा ७ वटा कस्तुरी मृत भेटिए

सोलुखुम्बु, वैशाख १५

सगरमाथा राष्ट्रिय निकुञ्जमा लक डाउनको मौका छोपी तस्करहरुले ७ वटा कस्तुरी मारेका छन् । विश्व सम्पदा सुचिमा परेको राष्ट्रिय निकुञ्ज क्षेत्रको घ्वाला लो भन्ने क्षेत्रमा कस्तुरीलाई पासोमा पारेर मारिएको भेटिएको हो । खुम्बु पासाङल्हमु गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सल्लाको जंगलमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको कस्तुरी मृगको बहुमुल्य नाभी विक्री गर्नका लागि सिकारीले पासो थापेका हुन् ।

सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा मारिएको अवस्थामा भेटिएको कस्तुरी
फोटो – लक्ष्मण अधिकारी

पूजा सामग्री लिन जंगलमा जाँदा स्थानीयले मृत कस्तुरी मृत फेला पारेको वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनले भने, ‘३ वटा कस्तुरी गाडेको अवस्थामा भेटियो । अन्य ४ कस्तरी मारेको अवस्थामा भेटियो । त्यसमध्ये एक पोथी, ३ भाले कस्तुरी थिए । भाले कस्तुरीमध्ये दुई वटाको नाभी झिकेको र एउटाको नाभी झिक्न बाँकी थियो ।’ मृत कस्तुरीसँँगै विभिन्न स्थानमा ५४ वटा पासो समेत फेला परेको छ ।
लकडाउनमा तस्करहरुले गस्ति कम हुने मौका छोपेर कस्तुरीको शिकार गरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । कस्तुरी मारिएको थाहा पाएपछि निकुञ्ज र नेपाली सेनाको टोलीलाई खबर गरिएको खुम्बीला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष छिमी छिरिङ शेर्पाले बताए ।

सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा मारिएको अवस्थामा भेटिएको कस्तुरी
फोटो – लक्ष्मण अधिकारी

निगरानीका लागि निकुन्ज र सेनाको टोली खटिने गरेपनि गस्ति प्रभावकारी नभएका कारण शिकार बढेको स्थानीयको आरोप छ । यता निकुञ्जले पनि घटनाको प्रकृति हेर्दा पेशेवर गिरोह नै वन्यजन्तु तस्करीमा लागेको अनुमान लगाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले घटनापछि अहिले निकुञ्ज क्षेत्रमा गस्तीलाई बाक्लो पारिएको बताए ।

निकुञ्जले अहिले सर्च अभियान चलाईरहेको छ । ‘चनाखो भएर सर्च अभियान थालेका छौ । नेपाली सेनाको सहयोग लिएर बाटोमा भेटिएका व्यक्तिलाई खानतलासी गर्ने र निकुञ्जका पोष्टमा रहने व्यक्तिलाई परिचालन गरिसकेका छौ ।’ उनले भने । निकुन्ज ११४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा मारिएको अवस्थामा भेटिएको कस्तुरी
फोटो – लक्ष्मण अधिकारी

कतिपय स्थानीयले निकुञ्जकै कर्मचारीको मिलेमतो हुनसक्ने आशंका गरेका छन् । कतै निकञ्जकै कर्मचारीको मिलेमतोमा वन्यवस्तु तस्करी भईरहेको त छैन् ? भन्ने प्रश्नमा प्रमुख संरक्षण अधिकृत उपाध्याय भन्छन्, ‘त्यस्तो पाप सोच्न पनि सक्दैनौ ।’ स्थानीयमा शंका गर्ने छुट भएपनि निकुन्जका कर्मचारीको संलग्नता नरहेको उनले जिकिर छ । प्रमुख संरक्षण अधिकृत उपाध्यायले भने, ‘दोषि पत्ता लगाउन आवश्यक अनुसन्धान गर्छौ ।’

तस्करीसंग जोडिएको एक शंकास्पद घटना करिब एक महिना अघि पनि घटेको थियो । फोर्चेमा बन्दुक पड्केको थाहा पाएपछि स्थानीय र सुरक्षा निकायको अग्रसरतामा संखुवासभाका एक व्यक्तिलाई पक्राउन गरिएको थियो । बन्यजन्तु तस्कारीको शंकामा समातिएका उनलाई प्रमाण नपुगेको भन्दै निकन्जले आवश्यक परेको बेला बोलाउने सर्तमा छाडेको थियो ।

सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा मारिएको अवस्थामा भेटिएको कस्तुरी
फोटो – लक्ष्मण अधिकारी
सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा मारिएको अवस्थामा भेटिएको कस्तुरी
फोटो – लक्ष्मण अधिकारी
सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा मारिएको अवस्थामा भेटिएको कस्तुरी
फोटो – लक्ष्मण अधिकारी
सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा मारिएको अवस्थामा भेटिएको कस्तुरी
फोटो – लक्ष्मण अधिकारी
सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा मारिएको अवस्थामा भेटिएको कस्तुरी
फोटो – लक्ष्मण अधिकारी
-->

सम्बन्धित शीर्षकहरु