आफ्ना नागरिक गाउँ ल्याउदै खुम्बु सरकार

सोलुखुम्बु, वैशाख १५

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले लकडाउनको अवधिमा काठमाण्डौमा समस्या परेका आफ्ना नागरिकलाई गाउँ ल्याईरहेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै लागु गरिएको लकडाउनको अवधि लम्बिदै जाँदा समस्यामा परेका नागरिकलाई गाउँ ल्याउन आवश्यक समन्वयमा जुटेको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।

हालसम्म वडा नं १ खरिखोला क्षेत्रका ७० जना नागरिकलाई गाउँ ल्याईसकेको गाउँपालिकाले सोमबार एक सयको हाराहारीमा वडा नं २ र ३ का नागरिकलाई मोटरबाटो हुदै गाउँ पठाएको काठमाण्डौबाट प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । मंगलबार वडा नं ४ र ५ का नागरिकलाई गाउँ पठाउने तयारी गरेको उनले बताए ।

कोरोना भाइरस संक्रमणको जोखिम कम नभएको भन्दै सरकारले लकडाउन आगामी वैशाख २५ गतेसम्मका लागि लम्ब्याएको छ । सरकारले गत चैत्र ११ देखि लकडाउन शुरु गरेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु