माप्यले ग¥यो ६ सय बढि नागरिकको निशुल्क उद्धार

सोलुखुम्बु, वैशाख १५

लकडानका कारण काठमाण्डौमा समस्यामा परेका आफ्ना ६ सय बढि नागरिकलाई माप्यदुधकोशी गाउँपालिकाले निशुल्क उद्धार गरेको छ । माप्यदुधेकोशी घर भई विभिन्नकामको शिलशिलामा काठमाण्डौ बस्दै आएका ६ सय बढि नागरिकलाई पालिकाको खर्चमा उद्धार गरिएको हो ।

राजधानीमा बसेका अति समस्यामा परेकालाई बस र टाटा सुमो रिजर्भ गरेर गाउँगाउँ पु¥याईएको पालिकाअध्यक्ष बुद्धिकिरण राईले बताए । ४ दिन देखिको उद्धारमा धेरै नागरिकले राहात महशुस गरेको अध्यक्ष राईको दाबी छ । ८ सय नागरिक पालिका फर्कन चाहेकाले उनीहरु सबैलाई प्राथमिकताका आधारमा गाउँल्याईने छ । उद्धारको काम सकेपछि राहतको कामलाई अगाडी बढाईने अध्यक्ष राईले बताए ।

बाहिरबाट ल्याईएका हरेकको पालिका प्रवेश स्थलमा हेल्थ डेस्क खडा गरि स्वास्थ्य परीक्षण गरिएको र होम क्यारेन्टाइनमा अनिवार्य बस्नु पर्ने नियम बनााईएको छ । गाउँपालिका प्रवेश गरेका सबै नागरिक होम क्यारेण्टीनमा बस्नेगरि सूचना संप्रेषण गरिरहेको प्रमुख प्रशासकीयअधिकृत दिनेश राईले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु