चम्पादेवीका जनप्रतीनिधिले गरे क्वारेन्टीनको अनुगमन

नवराज कार्की
ओखलढुंगा, वैशाख १५

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीको नेतृत्वमा  वडा नं ६ मा रहेको कोरोनाको क्वारेन्टीनको अनगुमन गरिएको छ । क्वारेन्टीको सोमबार अनुगमन गरिएको हो ।

सो क्वारेन्टीनमा विगत ५ दिनदेखि ७ जना रहेका छन् । गाउँपालिका अध्यक्ष केसीले  क्वारेन्टीनमा रहेकाहरुको अवस्था बुझेका थिए ।

साथै उनले खाद्यान्न, ब्ल्याङकेट, ग्याससेटलगायत दैनिक उपभोग्य खाद्यसामग्री समेत हस्तान्तरण गरेका थिए ।

-->

सम्बन्धित शीर्षकहरु