फैजीकीराले मकै सखाप बनाउन थालेपछि कृषक चिन्तित

 

नवराज कार्की
ओखलढुंगा, वैशाख १५

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका किसानले छरेको मकैबालीलाई फौजीकीराले सखाप बनाउन थालेपछि कृषक चिन्तित बनेका छन्।

अघिल्लो वर्ष खडेरीको मारमा परेका किसान अहिले फौजीकीराको मारमा परेका छन् ।

चम्पादेवीको तल्लो भेगमा छरेको मकैमा फौजीकीरा लागेको वडा नं ३ का वडाध्यक्ष बलबहादुर तामाङले ओखलढुंगाखबरलाई जानकारी दिए ।

चम्पादेवीको माथिल्लो क्षेत्रमा मकै छर्न भर्खर सुरु भएपनि  तल्लो भेगमा भने मकै गोड्ने बेला भएको छ ।

गोड्ने बेलाको मकै कीराले  खाएर नष्ट गरेको भन्दै किसानको दिनहुँ गुनासो आउने  गरेको तामाङको भनाई छ ।

फौजीकीराले विशेषगरि वडा नं ३ को सिल्खुबेँसीमा लगाइएको मकै धमाधम नष्ट गरिरहेको छ ।

‘अघिल्लो वर्ष खडेरीले मकै  खायो, त्यसपछि साउनतिर रोपेको मकै फौजीकीराले  खायो,’ वडाध्यक्ष तामाङले  भने, ‘अहिले पनि फौजीकीराले सताउन थालेको छ ।’

-->

सम्बन्धित शीर्षकहरु