खोटाङ कोरोना कहर : वडा प्रवेशमा रोक

खोटाङ, वैशाख १५

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीले महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि वडा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

वडाध्यक्ष एवम् कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक रामचन्द्र राईको अध्यक्षतामा आइतवार बसेको बैठकले अत्यावश्यक कामबाहेक वडामा कसैलाई पनि प्रवेश गर्न नदिने, वडाका प्रत्येक घरले घरको अगाडि अनिवार्य सावुन र पानी राख्नुपर्ने, मादक पदार्थमा बिक्री वितरणमा पूर्ण प्रतिवन्ध लगाइने निर्णय गरिएको वडा सचिव चित्रकुमार सुवेदीले जानकारी दिए ।

यस्तै, वडाभित्रका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाउने, वडाभित्र कुनै पनि खेल खेल्न नपाइनेलगायतका निर्णय पनि गरिएको वडा सचिव सुवेदीलाई उदृत गर्दै सहर्की दिलीप खत्रीले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढ्दै गएपछि वडालाई सुरक्षित राख्नका लागि वडा प्रवेशमा रोक लगाउने र आई हालेमा अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको वडाले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु