लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, माघ १३

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ ।

अध्यक्षको कार्यकक्ष छिर्ने ढोका नजिक कुकरबाट तार जडान गरी मोबाइलमा जडान गरी राखिएको अवस्थामा शंकास्पद झोला भेटिएको हो ।

करिब साढे ९ बजेको समयमा कार्यालय सहयोगि गुमान सिं भुजेलले पालिका प्रमुख मेजरकुमार राईको कार्यकक्ष खोलेपछि उनले ढोका नजिकै झोला भित्र कुकरमा मोबाईल र तार जडान गरिएको शङकास्पद बस्तु देखेर प्रहरीलाई खबर गरेका थिए ।

उक्त झोला कस्ले र किन राख्यो भन्ने खुल्न सकेको छैन । यद्यपि,बम भएको आशङका गरिएकाले प्रहरीको टोलीले सो क्षेत्रमा प्रवेश निषेध गरेको छ ।

गाईघाटबाट डिस्पोजल टोली आउदै गरेको जानकारी जिल्ला प्रशासनले दिएको भएपनि अहिलेसम्म डिस्पोजल टोली नपुगेको सहकर्मी गुरुमणि कुमाईले जानकारी दिए । यो घट्नाले स्थानियमा सन्त्रास बढाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु