क्रिकेट रंगशाला बनाउन गायक धर्मराजको सहयोग

सोलुखुम्बु – धनले मानिसलाई लोभी र निष्ठुरी बनाउछ भन्ने भनाई फेल खान्छ, जब तपाई ईन्जिनियर तथा समाजसेवी धर्मराज पोखरेललाई भेट्नुहुन्छ । गायक समेत रहेका पोखरेलले जति कमाउन जानेका छन्, त्यति र्नै हात फुकाउन जानेका छन् ।


शनिबार चितवन पुगेर उनले धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा जनस्तरबाट बन्दै गरेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गरे । फाउडेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई भेटेर एक लाख एघार हजार एक सय एघार रुपैँयाको चेक हस्तान्तरण गरे ।


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका पोखरेलले यसअघि थुप्रै सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि सहयोग गरिसकेका छन् । ईन्जिनियर पोखरेल समाजसेवा, गायन, मोडलिङ, राजनीतिमा पनि सक्रिय छन् ।

-->

सम्बन्धित शीर्षकहरु