रेडियो दुधकोशीको रिपिटर टावरमा आगोलागी

सोलुखुम्बु, माघ १३ –
सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेडाँडामा रहेको रेडियो दुधकोशी ९४.६ मगाहर्जको रिपिटर टावरमा आगोलागी भएको छ । गएराति भएको आगोलागी बाट काठ र ढुंगाबाट बनेको तिन कोठे एक तले घर जलेर नष्ट भएको हो ।


केही महिना देखि प्रसारण बन्द रहेको रेडियोको केही सामाग्री जलेको छ भने, ईन्टरनेट प्रदायक संस्था वेव सर्वर प्रा.लि.का ईक्यूवमेन्ट समेत जलेको छ । साँझ देखि लागेको आगो स्थानीयले थाहा पाएपछि पत्तालेबाट प्रहरी र स्थानीय पुग्दा घर जलिसकेको थियो । ईन्टरनेटका सामाग्री राखिएको कोठाबाट आगो फैलिएको प्रहरीले जनाएको छ ।


क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।

आगोलागी हुनुपर्नेमा अन्यथा भएको सच्याईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु