उचित व्यवस्थापन पछि मात्र नागरिक उद्धारको माग

सोलुखुम्बु, वैशाख १४

काठमाण्डौ लगायतका स्थानमा विभिन्न प्रयोजनले बसोबास गरिरहेका नागरिकलाई गाउँ फर्काएर होम क्वारेन्टाइनमा राख्ने गाउँपालिकाको निर्णय जनहितकारी नभएको भन्दै गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमै राख्न माग गरिएको छ । आज गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै वडास्तरिय समुदाय स्वयम्सेवक टोलीका संयोजक रोहन राईले व्यवस्थित क्वारेन्टाइनमा राख्ने गरि तयारी पुरा गरेर मात्र नागरिक ल्याउन माग गरे ।

गाउँ आउनेलाई क्वारेन्टाइनमा राख्न सके गाउँ सुरक्षित हुने संयोजक राईको भनाई छ । स्वयम्सेवक टोलीले होम क्वारेन्टाइनमा बस्न सक्ने पुर्वाधार बनेका व्यक्तिलाई मात्र ल्याउन माग गरेको छ । पत्र बुझ्दै गाउँपालिका प्रवक्ता तथा वडा नं ३ का अध्यक्ष धर्मध्वज खत्रीले स्वयम्सेवक टोलीको ध्यानाकर्षण हितकारी भएको भन्दै होम क्वारेन्टाइनमा बस्नेले आवश्यक सुरक्षात्मक पुर्वाधार तयार पार्न आग्रह गरे । साथै होम क्वारेन्टाइनमा बस्न कठिनाई हुनेले गाउँपालिकासंग समन्वय गर्न अपिल समेत गरे ।

यसअघि प्रकाशित समाचार सच्याईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु