सोलुखुम्बु : काठमाडौँमा रहेका १९ सय बढि ल्याइयो

सोलुखुम्बु, वैशाख १४

काठमाडौँमा अलपत्र बनेका सोलुखुम्बुका १९ सय भन्दा बढि नागरिकको उद्धार गरिएको छ ।

तिन दिन यता जिल्लाका संघिय सांसद र स्थानिय तहका जनप्रतिनिधिको पहलमा काठमाडौमा रहेका १९ सय १० जना नागरिकलाई गाउँ ल्याईएको हो ।

गत शुक्रबार १३७, शनिबार ९१८, र आईतबार ८५५ नागरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अनुसार सोलुखुम्बु जिल्लाको प्रवेशद्धार पत्तालेमा रहेको हेल्थ डेक्समा हरेक नागरिकको स्वास्थ्य परिक्षण गरेर होम क्वारेन्टाइनमा बस्न सुझाईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु