लकडाउनका कारण सोलु करिडोर आयोजनाको काम प्रभावित

 

नवराज कार्की
ओखलढुंगा,वैशाख १४

लकडाउनका कारण सोलु करिडोर १ सय ३२ केभी प्रशारण लाइन आयोजनाको काम प्रभावित बनेको छ । 

सरकारले ठूला आयोजनालाई काम गर्न अवरोध नगर्ने निर्णय गरेपनि आयोजनाको काम पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।

सिराहाको मिर्चैया, उदयपुरको कटारी, ओखलढुंगा सदरमुकामहुँदै सोलुखुम्बुको तिङ्ला प्रशारण लाइन जोड्ने आयोजनामा खटिएका साढे ४ सय मजदूर लकडाउनका कारण काममा निस्कन सकेका छैनन् । 

लकडाउन अघि उदयपुरको मरुवा क्षेत्र, ओखलढुंगाको केत्तुके क्षेत्र र सोलुखुम्बुको पत्ताले क्षेत्रमा काम भइरहेको थियो ।

आयोजनाको ९० किलोमिटर क्षेत्रमा निर्माण गर्नुपर्ने ३ सय ३ वटा टावरमध्ये २ सय ५५ वटा टावर निर्माण सम्पन्न भइसकेको छ ।

आउँदो मे ३१ सम्म सम्पन्न गरिसक्नुपर्ने आयोजना लकडाउनका कारण डप्प हुँदा काम सक्ने अवस्था नआएको आयोजना प्रमुख जनार्दनप्रसाद गौतमले बताए ।

आयोजनाको काम गरिरहेको भारतीय ठेकेदार कम्पनी मोहन इनर्जी कर्पोरेशनले काम सञ्चालन गर्न समस्या भएको जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु