एभरेष्ट मेरा फाउण्डेशनले दियो ३९५ परिवारलाई राहत

सोलुखुम्बु, कार्तिक ९


कोरोना भाईरस महामारीका कारण दैनिक जिवनयापनमा समस्या झेलिरहेका सोलुखुम्बु महाकुलुङका ३९५ घर परिवारलाई राहत वितरण गरिएको छ ।

एभरेष्ट मेरा फाउण्डेशनले महाकुलुङ गाउँपालिकाका बुङ र छेस्काममा दैनिक रोजिरोटी गुजार्न समस्या भएका परिवारलाई राहत स्वरुप दैनिक उपभोग्य सामाग्री उपलब्ध गराएको हो ।

खुम्बु क्षेत्रमा पर्यटन मजदुरी गरि जिविकोपार्जन गर्ने महाकुलुङका नागरिकलाई परिवार चलाउन सहज होस् भन्ने हिसाबले खाने तेल, दाल, चामल लगायतका सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष दिलिपसिंह कुलुङले वताए ।

त्यस्तै, फाउण्डेशनले ले गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री समेत सहयोग गरेको छ ।

महाकुलुङ प्राथमिक अस्पताल र छेस्काम स्वास्थ्य चौकीलाई पिपिई सेट उपलब्ध गराईएको छ । न्यू फ्यूचर नेपाल (युके)ले एभरेष्ट मेरा फाउण्डेशनमार्फत महाकुलुङका मानवीय तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु