ओखलढुंगा–रामपुर–मोलुङ सडक हिलाम्मे

सोलुखुम्बु, असोज ९

विगत तीन दिन देखि परेको पानीका कारण सडक हिलाम्मे हुँदा ओखलढुंगा–रामपुर–मोलुङ सडक खण्डमा सवारी आवत जावतमा समस्या भएको छ । ।

पानीका कारण सडक माथिबाट ठाउँठाउँमा पहिरो खसेको छ, भने भेलले सडकको छेउ कटान गर्दा सवारी साधन सञ्चालनमा समस्या भएको सवारी चालक मिलन तामाङले बताए ।

सडक हिलाम्मे हुँदा लिपेखोला थापा चौर, ठुस्के, जगरपुर, रामपुर, प्रप्चा, श्रीचौर लगायतका नागरिक सदरमुकाम ओखलढुंगा जानु परे हिडेर जानुपर्ने बाध्यता सिर्जना भएको सवंवाददाता पासाङ शेर्पाले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु