खोटाङ : घर बनाउनका लागि वृद्धवृद्धालाई सहयोग

खोटाङ, असोज ९

संयुक्त आवाज परिवर्तन समाज नेपालले खोटाङका पहिरो पीडित बृद्ध दम्पत्तीलाई आर्थिक सहयोग गरेको छ । पहिरोका कारण भत्किएको घर पुःर्ननिर्माणका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७५ वर्षीय मानबहादुर खत्री र जानुकामाया खत्रीलाई आर्थिक सहयोग गरेको हो ।

गत असार ३२ गतेको भारी वर्षाका कारण भत्किएको घर पुःननिर्माणका लागि सहयोग अभियान चलिरहेका बेला समाजले वृद्ध दम्पत्तीलाई १७ हजार १५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

समाजले संकलन गरेको रकम एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईमार्फत खत्री दम्पत्तीका छिमेकी इच्छुराम रानालाई हस्तान्तरण गरिएको छ ।

बृद्धवृद्धाको घर निर्माणका लागि संकलन गरिएको रकम छिमेकीमार्फत पठाइएको संयुक्त आवाज परिवर्तन समाज नेपालकी संस्थापक सदस्य कृष्णकला राईले बताईन् । पहिरोले ढलेको घर ठड्याउन सक्ने अवस्था नभएका कारण बृद्ध दम्पत्तीलाई सहयोग संकलन गरे पठाइएको समाजले जनाएको छ । 

भत्किएको घर पुःननिर्माणका लागि वृद्धवृद्धालाई सहयोग 

वृद्धवृद्धाको घर निर्माणका लागि छिमेकी थिरेन्द्र भट्टराईको नेतृत्वमा सहयोग अभियान सञ्चालन भइरहेको छ । खत्री दम्पत्तीको सहयोगमा हालसम्म दुई लाख ५० हजारको हाराहारीमा रकम संकलन भइसकेको अभियान्ता भट्टराईले बताए ।

एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पत्ती मात्र बसिरहेका छन् । ‘वृद्धवृद्धाको घर बनाउनका लागि थिरेन्द्र भट्टराईले अभियान चलाइरहनु भएको छ,’ संस्थापक राईले भनिन्, ‘त्यही भएर हामीले पनि आर्थिक सहयोग पठाएका हौँ । असहाय परिवारको सहयोगमा हातेमालो गरेका हौँ ।’ 

केही समयअघि यूकेमा रहेकी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर बृद्धबृद्धाको घर बनाउनका लागि २० हजार सहयोग पठाएकी थिईन् । 

-->

सम्बन्धित शीर्षकहरु