सोलुदुधकोशी हाईड्रोपावरको सुरुङभित्र ढुंगाले लागेर एक श्रमिक गम्भिर घाईते

सोलुखुम्बु, असोज ९


निर्माणाधिन ८६ मेगावाटको सोलुदुधकुशी हाईड्रोपवारको सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर एक श्रमिक गम्भिर घाईते भएका छन् ।

घाईतेको उद्धार गरिदै

शुक्रबार दिउँसो हाईड्रोपावरको अडिट ४ सुरुङमार्ग भित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर लिखुपिके गाउँपालिका ५ का ३६ वर्षिय रवी थामी गम्भिर घाईते भएका हुन् ।

टाउकोमा चोट लागेका थामी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

उनको थप उपचारका लागि प्रभु एयरको हेलीकप्टर मार्फत काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु