सोलुखुम्बु : मुर्ती लगायतका धार्मिक वस्तु चोरी गर्ने एक व्यक्ति जेल चलान

सोलुखुम्बु, असोज ९

सोलुखुम्बुमा मुर्ती लगायतका धार्मिक वस्तु चोरी गर्ने एक व्यक्ति धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको छ ।

जिल्ला अदालत सोलुखुम्बुमा भएको थुनछेक बहसपछि ५० हजार रुपैँया धरौटीमा छाड्न अदालतले आदेश दिएको भएपनि धरौटी बापतको रकम बुझाउन नसकेपछि सोलुदुधकुण्ड नगरपालिका ८ का ३५ वर्षिय रमेश मगरलाई जेल चलान गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिका ८ जन्तरधाप स्थित चाँगेस्थान मन्दिरबाट एक जोडी सिंहको मुर्ती तथा सोहि मुर्ती राख्ने वैठक, चाँदीको तिन खण्डे टिका थाली १ थान, चाँदीको सानो त्रिशुल १ थान र भक्तजनले मन्दिरमा चढाएका सिक्का पैसा चोरी गरेको अरोपमा उनलाई भदौ २३ गते पक्राउ गरेको थियो ।

धरौटी बापतकोरकम बुझाएपश्चात जुनसुकै समयमा छाड्न सकिने जिल्ला अदालत सोलखुुम्बुका श्रेस्तेदार मोहन घिमिरेले बताए ।

-->

सम्बन्धित शीर्षकहरु