सोलुखुम्बु : बाबुको हत्या अरोपमा पक्राउ परेका छोरा कारागार चलान

सोलुखुम्बु, असार ११


सोलुखुम्बुमा आफ्नै बाबुको हत्या गरेको आरोपमा पक्राउ परेका छोरालाई कारागार चलान गरिएको छ ।

गत जेठ २९ गते राति ५७ बर्षीय सन्त कुमार राईको हत्या गरेको आरोपमा ३० गते पक्राउ परेका छोरा कुबेर राईलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत सोलुखुम्बुले आदेश दिएको हो ।

जिल्ला न्यायाधिस महेन्द्रराज काफ्लेको ईजलासले उनलाई कारागार चलानको आदेश दिएको श्रेस्तेदार मोहन घिमिरेले जानकारी दिनुभयो ।

घरयासी वादविवादले झगडाको रुप लिई कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबुलाई टाउँकोमा प्रहार गरि हत्या गरेको उनले बयान दिएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु