सोलुखुम्बु : ६ महिनापछि पेल्ट्रिक मर्मत

सोलुखुम्बु, असोज ८


६ महिनादेखि अन्धकारमा बस्दै आएका सोलुखुम्बुको देउसा रनेमका ३८ परिवारमा विजुली बलेको छ ।

गत चैत्र महिनादेखि पेल्ट्रिक बिग्रिएपछि अन्धकारमा बस्दै आएका थुलुङ दुधकोशी गाउँपालिका ८ रनेमका ३८ घरमा विजुली बलेको हो ।

२ किलोवाट क्षमताको पेल्ट्रिकमा समस्या आएपछि लकडाउनका कारण बाहिरबाट सामान ल्याएर मर्मत गर्न नपाउँदा लामो समय उपभोक्ता अन्धकारमा बस्नु परेको रनेम पेल्ट्रिक उपभोक्ता समितिका अध्यक्ष धौलागिरी राईले जानकारी दिए ।

विजुली बिहिबार दिउँसो देखि बल्न थालेको हो ।

-->

सम्बन्धित शीर्षकहरु