ओखलढुंगा : करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई ६ लाख क्षतिपुर्ती

ओखलढुंगा, असोज ८

बुधबार ओखलढुंगाको मोलुङ हाइड्रोको विद्युत प्रशारण लाइनमा आएको समस्या समाधानका लागि पोलमा चढेका कर्मचारीको परिवारलाई ६ लाख क्षतिपूर्ति दिने सहमति पछि परिवारले शव बुझेका छन् ।

मोलुङ गाउँपालिका ३ स्थित हाइड्रोका सुपरभाइजर परनेश खत्रीको करेन्ट लागेर विद्युतको पोलमै मृत्य भएको थियो । अप्राविधिक कर्मचारीलाई प्राविधिक काम लगाएको, विद्युत प्रशारण बन्द गरिएको भने पनि करेन्ट लागेर ज्यान गएको भन्दै मृतकका परिवार र आफन्तले कारवाही माग गर्दै प्रशासनमा उजुरी गरेका थिए ।

दुई पक्षबीच भएको छलफलमा पीडित परिवारलाई क्रिया खर्च १ लाख र क्षतिपूर्ति पाँच लाख दिने सहमति पछि परिवारले शव बुझेको छलफलमा सहभागी स्थानीय अर्जुन गिरिले बताए ।

-->

सम्बन्धित शीर्षकहरु