करेन्ट लागेर ज्यान गुमाएका वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपुर्ती दिन विद्युत कम्पनीलाई जनप्रतिनिधिको निर्देशन

सोलुखुम्बु, असोज ८

गत मंगलबार विहान करेन्ट लागेर ज्यान गुमाएका सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ५ का वडाध्यक्ष निमराज तामाङको परिवारलाई २५ लाख क्षतिपुर्तीको व्यवस्थागर्न सल्लेरी च्याल्सा विद्युत कम्पनीलाई जनप्रतिनिधिले निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राईको अध्यक्षताहमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सल्लेरी च्याल्सा विद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिबीच भएको छलफलमा जनप्रतिनिधिहरुले मृतकका परिवारलाई कम्तीमा २५ लाख क्षतिपुर्तीको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । सल्लेरी स्थित सल्लेरी च्याल्सा विद्युत कम्पनीको हाईटेन्सन लाईनमा रडले छुदाँ ज्यान गुमाएको तामाङको परिवारलाई यहि असोज २० गतेसम्म क्षति पुर्ती दिलाउन निर्देशन दिएको प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिए ।

छलफलमा संघीय सांसद हेम कुमार राई, प्रदेश सांसदद्धोय बुद्धिकुमार राजभण्डारी र उत्तम कुमार बस्नेत, नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, माप्य दुधकाशी गाउँपालिकाकी उपाध्यक्ष जुनिता माया मगर लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै, विद्युत कम्पनीलाई जनप्रतिनिधिहरुले जोखिमयुक्त क्षेत्रका तार व्यवस्थापन गर्न आग्रह गरेको छ । सल्लेरी च्याल्सा विद्युत कम्पनीका प्रतिनिधि कुल नारायण श्रेष्ठले जनप्रतिनिधिको माग सम्बोधनका लागि विद्युत बोर्डमा जानकारी गराउने प्रतिक्रिया दिए ।

-->

सम्बन्धित शीर्षकहरु