लोबुचे हिमाल आरोहणका लागि बहराईनका राजकुमार हामिदको टोली खुम्बुमा

सोलखुम्बु, असोज ८

हिमाल आरोहणका लागि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफा खुम्बु आएका छन् ।

खुम्बु क्षेत्रमा पर्नेलोबुचे हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार खलीफा सहित १९ जनाको टोली आज लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थलमा ओर्लेका हुन् ।

राजकुमारको टोली कैलास एयरको हेली र तारा एयर मार्फत लुक्ला अवतरण भएको संवाददाता तोया श्रेष्ठले जानकारी दिए । उक्त टोलीलाई गाउँपालिकाका कार्यवहाक अध्यक्ष टासी ल्हामु शेर्पा लगायतले स्वागत गरेका थिए ।

कोरोनाकहरका बिच हिमाल आरोहणका लागि खुम्बु आउने यो टोली पहिलो हो । भदौ १४ गतेको मन्त्रिपरिषद्को बैठकले बहराइनी राजकुमार सहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु