सोलुखुम्बु, फागुन १२
प्रदेश १ का समाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशका सबै सार्वजनिक संरचना अपाङ्गतामैत्री हुने बताउनुभएको छ ।
विराटनगरस्थित सर्व फिजियोथेरापी एण्ड वेलनेसले आयोजना गरेको व्हील चेयर रेस कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले प्रदेश १ मा पर्ने कुनै पनि सार्वजनिक संरचना अपाङ्गता मैत्री हुनै पर्ने गरी निर्देशिका प्रदेश सकरकारले जारी गरेको बताउनुभयो ।
“विराटनगरलाई व्हिल चेयर मैत्रीपुर्ण बनाऔं भन्ने मुल नाराका साथआयोजना गरिएको ५० मिटर व्हिल चेयर प्रतियोगितामा अनिलकुमार शाह विजयी भए ।
विशोद झा र होम पराजुली क्रमश द्वितीय र तृतीय भए ।
सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र र उपहारहरु प्रदान गरिएको थियो ।