सोलुखुम्बु : पौडी खेल्दा डुबेर बालक बेहोस

सोलुखुम्बु, कार्तिक ७


सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा खहरेखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक बालक बेहोस भएका छन् ।

नेचासल्यान गाउँपालिका ५ का दिनेशकुमार राईका १० वर्षिय छोरा अमृत राई पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका हुन् ।

पौडी खेल्ने क्रममा आफन्त र साथिले बेहोस अवस्थामा फेला पारेका थिए । ती बालकको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु