कर्मचारीले कार्यालय छाडेकामा कांग्रेसको ध्यानाकर्षण

खोटाङ, चैत्र १०


कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेका बेला खोटाङको जन्तेढुंगा गाउँपालिकाका कर्मचारी घर हिँडेको भन्दै कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसको छायाँ सरकारका अध्यक्ष खेमबहादुर खड्काले सोमबार विज्ञप्ति जारी गर्दै संकटका समयमा कर्मचारी कार्यरत रहेकै स्थानमा सुरक्षित रहनुपर्नेमा विदा भएजस्तो कार्यालय छाडेर हिँडेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

छायाँ सरकारले कोरोनाबाट जनता विचलित र त्रसित भइरहेको अवस्थामा गैर–जिम्मेवार भएर जनताप्रतिको उत्तरदायित्वबाट पन्छिने कर्मचारीलाई कारबाही गर्न माग गरेको छ ।

रोगको संक्रमणको नियन्त्रण गर्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट मात्र सम्भव नभएकाले अन्य कर्मचारी पनि यथास्थानमा रहनुपर्ने छायाँ सरकार प्रमुख खड्काले बताए ।

छायाँ सरकारले कोरोनाको सम्भावित संक्रमण रोक्ने ठोस योजना ल्याउन गाउँपालिका समक्ष माग गरेको सहकर्मी दिलिप खत्रीले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु