खुम्बुमा पनि पहिलो पटक कोरोना संक्रमण

सोलुखुम्बुको खुम्बुमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका ५ नाम्चेमा एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि बिरामी परेका ती बृद्धलाई थप उपचारका लागि जहाज मार्फत काठमाण्डौ लगिएको थियो ।

उनमा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ । उनको काठमाण्डौमा उपचार भईरहेको छ । उनको कन्ट्रयाक ट्रेसिङ मार्फत सम्पर्कमा आएका व्यक्ति पहिचान गरि पिसिआर परिक्षणको तयारी गरिएको छ ।

यसैबीच, नाम्चेका एक बृद्धमा कोरोना देखिएपछि स्थानिय होटल व्यवसायिले सेवा प्रवाह रोकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।

गाउँपालिका भित्र स्थायी बसोबास गर्ने नागरिक, गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीले पिसिआर रिपोर्ट नेगेटिभ आएको ७२ घण्टा भित्रमात्रै प्रवेश दिइने भएको छ ।

अन्यको हकमा अनिश्चितकालका लागिखुम्बु प्रवेश निषेध गरिएको छ ।

वडाध्यक्ष पनि संक्रमित

सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ का वडाध्यक्ष ङवाङ लाक्पा शेर्पालाई कोरोना पुष्टि भएको छ ।

केही समयदेखी शंकास्पद लक्षण देखिएपछि स्वाब संकलन गरि पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

वडाध्यक्ष शेर्पाले सुचनाजारी गर्दै आफुलाई कोरोना देखिएकाले सम्पर्कमा आएका जनप्रतिनिधि, प्रहरी र आफन्तलाई स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् ।

आफु होम आईसोलेसनमा बसेका कारण कार्तिक २० गतेसम्म वडा कार्यालयबाट प्रदानहुने सेवा समेत बन्द गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु