दिपेन्द्र पराजुली,
सोलुखुम्बु, फागुन १०
सोलुखुम्बुमा जारी प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुखुम्बु र सुनसरीले जितेको छ ।

फागुन ६ गतेदेखि सुरु भएको प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुखुम्बु र सुनसरी जिल्ला संयुक्त रूपमा विजेता बनेको हो ।
फाईनल खेलमा दुवै टिमले २–२ सेट जितेर अन्तिम सेटको खेलमा ५–५ अंक हुदा भारी वर्षाका कारण खेल संचालन हुन नसके पछि भलिबलको अन्तर्रा्ष्ट्रिय नियम अनुसार दुवै टिमलाई विजेता घोषणा गरिएको हो ।
सोलुखुम्बुका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले उपाधि विजेतालाई थप गरेको ५० हजार सहित ३ लाख नगद बराबर रुपमा वितरण गरिएको आयोजकले जनाएको छ ।
खेलमा भोजपुरलाई पराजित गरि झापाले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको झापाले ५० हजार नगद पाएको छ, भने भोजपुरले २५ हजार प्राप्त गरेको छ ।
उत्कृष्ट खेलाडी सुनसरीका अनिस राई र सोलुखुम्बुका संजय बस्नेत, उत्कृष्ट ब्लकर सुनसरीका सञ्जय चौधरी, उत्कृष्ट स्पाईकर सोलुखुम्बुका सुमन मगर घोषित भएका छन् । खेलमा प्रदेश नम्बर एकका १३ टोलिको सहभागिता रहेको थियो ।