सोलुखुम्बु : भिडभाड रोक्न स्थानिय तहलाई पत्राचार गर्ने प्रशासनको तयारी

सोनी राई,
सोलुखुम्बु, कार्तिक ५


जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले नजिकिदै गरेको चाडपर्वमा आयोजना हुन सक्ने कार्यक्रम एवम् भिडभाडलाई रोक्न ८ वटै स्थानीय तहलाई पत्राचार गर्ने भएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएसंगै बुधबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा भेला, सभा, बैठक, सम्मेलन, भिडभाड र कार्यक्रमलाई रोक लगाउन, घरैमा बसी चाडपर्व मनाउन आग्रह गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

मंगलबार जिल्लाका ६ जनामा कोरोना पुष्टि भएसंगै संक्रमण जोखिम बढेकाले स्थानीय तहलाई पत्राचार गरी तोकिएको नियम कार्यान्वयन गर्न र गराउन आग्रह गरिने निमित्त प्रमुख जिल्ला अधिकारी विनोद गौतमले बताए ।

उनका अनुसार सोलुदुधकुण्ड नगरपालिका भित्रका कोरोना संक्रमितलाई जिल्ला अस्पताल फाप्लुको आईसोलेसनमा क्षमता अनुसार राख्ने र संक्रमणको दर बढ्दै गएमा क्वारेन्टिनलाई आईसोलेसन बनाएर लक्षण नदेखिएका संक्रमितलाई राख्ने व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरिने छ ।

जसको सहजिकरण जिल्ला अस्पताल फाप्लुले गर्नेछ । वैठकमा जिल्लास्तरका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु