यातायात खुल्ला गरिएपछि सोलुखुम्बुमा कोरोना संक्रमणको जोखिम बढ्यो

सोलुखुम्बु, असोज ४

अन्तर जिल्ला यातायात संचालन शुरु भएपछि सोलुखुम्बुमा कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारले लामो दुरीकायातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै जिल्लामा सवारी आवागमनको संख्या बढेकाले कोरोना संक्रमणको जोखिम बढेको हो ।

जिल्ला प्रशासनले तोकिएको भाडाको ५० प्रतिशत बढि भाडा लिएर यातायात सञ्चालनगर्न अनुमति दिएपछि जिल्ला बाहिरका मानिस भित्रिने क्रम बढेकाले कोरोना संक्रमणको जोखिम बढेको स्थानियको भनाई छ ।


स्थानियतह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा पत्ताले चेकपोष्टमा कडाई गरिएको भएपनि सरकारको निर्णय अनुसार यातायात सेवा सुचारु गरिएपछि कोरोना जोखिम बढेको संयुक्त सोलु यातायात व्यवसायि संघ सोलुखुम्बुको काउन्टर ईन्चार्ज उपेन्द्र श्रेष्ठले बताए ।

सरकारले अन्तर जिल्ला यातायात संचालन गर्न अनुमति दिएपछि ३ सय बढि जिल्ला बासीहरु काठमाण्डौ लगायतका शहरबाट सोलुखुम्बु भित्रिएका छन् । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि गएको चैतबाट बन्दगरिएको अन्तर जिल्ला यातायात संचालन असोज १ गतेबाट खुला गरिएपछि ८८ वटा साना र ३८ वटा ठूला सवारीबाट तीन सय बढि यात्रु जिल्ला भित्रिएको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।


दिनप्रतिदिन यो क्रम चलिरहने भएकाले कोरोना संक्रमण बढ्ने भएकाले जिल्लामा पिसिआर परिक्षण रिपोर्ट देखाएर मात्रै जिल्ला प्रवेश गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायीको माग छ । संयुक्त सोलु यातायात व्यवसायि संघका अनुसार मास्क र सेनिटाईजरको व्यवस्था गरि एउटा सुमोमा ६ जनायात्रु काठमाडौ लैजाने गरिएको र प्रतिव्यक्ति २५ सय भाडा तोकिएको छ ।

लकडाउन सँगै सवारी साधन थन्किएका सवारी साधन चलाउँदा घाटामा गएका व्यवसायीलाई राहतमिले पनि कोरोना जोखिम भने बढेको सवारी चालक कृष्ण बहादुर कार्कीले बताए ।

-->

सम्बन्धित शीर्षकहरु