सोलुखुम्बु : एक यूवती कोरोनामुक्त

सोलुखुम्बु, असोज ४

जिल्ला अस्पताल फाप्लुमा उपचारत एक यूवती कोरोनामुक्त भएकी छिन् ।

असोज १ गते संकलन गरिएको स्वाब परीक्षणबाट रिर्पोट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।

सोलुखुम्बुको एक बैँकमा कर्मचारीको रुपमा आएकी उदयपुरकी एक २५ बर्षिय यूवतीलाई गतभदौ १८ गते संकलन गरिएको स्वाब परीक्षण रिर्पोट पोजेटिभ आएको थियो ।

यसैबीच, सोलुखुम्बुबाट स्वाब पठाइएको ८३ मध्ये ७७ जनाको रिर्पोट नेगेटिभ आएको छ । फाप्लु क्वारेन्टीनमा राखिएका ५१ र नेचासल्यानका २८ जनाको रिर्पोट नेगेटिभ आएको र नेचासल्यानकै ७ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

रिर्पोट नेगेटिभ आएकाहरुलाई क्वारेन्टीनबाट विदा गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु