सोलुखुम्बु, असोज ४
हिमाल एफ एम ९०.२ मेगाहर्ज सुन्ने स्रोता तथा शुभचिन्तकको समूह हिमाल मिडिया ग्रुपले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ दुधिले भन्ज्याङमा सामाजिक सचेतनामूलक कार्यक्रम संचालन गर्ने भएको छ ।

शुक्रबार दिक्तेलमा बसेको वैठकले असोज १७ गते दिप्रुङको दुधिले भन्ज्याङमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको हिमाल मिडिया ग्रुपका अध्यक्ष पदम हिङमाङले जानकारी दिए । ग्रुपले कोरोना कहर हटेपछि छितापोखरीमा पनि सचेतनामूलक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
वैठकले ग्रुपका सदस्य थपघट गरेको सदस्य गीता योन्जनले जनाइन् ।