थुलुङ दुधकोशीमा फौजी किराको प्रकोप नियन्त्रणका लागि विषादी छर्कन शुरु

सोलुखुम्बु, जेठ ७


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणका लागि विषादी छर्कन शुरु गरेको छ ।

पहाडी तथा तराईका जिल्लामा तिब्र गतिमा फैलिएको यस प्रकोपका कारण कृषकले मकैबालीमा क्षतिपुगेको गुनासो बढेपछि गाउँपालिकाले विषादी खरिद गरि छर्कन सुरु गरेको हो । किराले मकैको पात काट्ने तथा गुबा नष्ट गर्न थालेपछि यस किराको प्रकोपले कृषक चिन्तित् बनेका छन् ।

गाउँपालिकाका कृषि प्राविधिकले मंगलबार जुबु क्षेत्रबाट विषादी छर्कन सुरु गरेको कृषि प्राविधिक पुर्णिमाया राईले बताईन् । हिमाल एफ.एम सँगका कुराकानीमा कृषि प्राविधिक राईले गाउँपालिकाको देउसा,मुक्लिलगायतका स्थानमा कृषकको मागको आधारमा विषादी छर्कने बताईन् ।

तत्कालिन रुपमा बढि प्रकोप देखिएको क्षेत्रमा ३ जना प्राविधिकको टोली खटाईएको गाउँपाकिा अध्यक्ष असिम राईले बताए । उनले भने, ‘कोरोना भाइरस संक्रमणको जोखिमसंग सामना गरिरहे पनि फौजी किराको प्रकोप हटाउन विषादी छर्कन थालिएको छ । जसबाट कृषकहरुले राहत महशुस गर्नेछन् ।’

-->

सम्बन्धित शीर्षकहरु