सोलुखुम्बुमा जारी फुटसलको उपाधि सोलुदुधकुण्ड युथ क्लबलाई

सोलुखुम्बु, कार्तिक ३


सोलुखुम्बुमा जारी खुल्ला महिला फुटसल प्रतियोगिताको उपाधि सोलुदुधकुण्ड युथ क्लबले हात पारेको छ ।


महिला युवा संस्था सोलुखुम्बुको आयोजनमा आईतबार र सोमबार भएको फुटसलको उपाधि आयोजकलाई पेनाल्टी सुट आउटमा ४–३ ले पछि पार्दै सोलुदुधकुण्ड युथ क्लबले उपाधि चुमेको हो ।


यससँगै बिजेता सोलुदुधकुण्ड युथ क्लबले ३० हजारको साथमा ट्रफी, मेडल, प्रमाण पत्र र उप–विजेता आयोजक महिला युवा संस्थाले २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ ।


जिल्ला भित्रका ८ टिमको सहभागिता रहेको खेलमा विजेतालाई सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले पुरस्कार हस्तान्तरण गरेकी थिईन् ।

-->

सम्बन्धित शीर्षकहरु