कांग्रेस नेता शेर्पाद्वारा स्वास्थ्य सामग्री वितरण

सोलुखुम्बु, कार्तिक ३


समाजसेवी तथा नेपाली कांग्रेसका नेता सनम शेर्पाले खुम्बुपासाङल्हामु गाउँपालिकामा कोरोना भाइरसको महामारीको रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरेका छन् ।


युवा पर्यटन व्यवसायी तथा टानका केन्द्रिय सदस्य शेर्पाले स्यानिटाइजर र मास्क वितरण गरेका हुन् । उनले करिब साढे तीन सय स्यानिटाईजर र सात हजार मास्क खुम्बुपासाङल्हामु गाउँपालिका वडा २ र ३ का विभिन्न क्लब, गुम्बा, महिला समूहलाई वितरण गरेका छन् ।


यसका साथै सुर्के गुम्बा, क्योङमा गुम्बा, घाट माने र दिक्षा मानेलाई गरी ८५ हजार रुपैयाँ, छोप्लुङ महिला समूहलाई १० हजार रुपैयाँ र चौरिखर्क महिला समूहलाई ५ हजार रुपैयाँ र फरि युवा समुहको खेलमैदान बनाउनका लागि १५ हजार रुपियाँ सहयोग गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु