सोलुखुम्बु : तिङलामा नेकपाको कार्यकर्ता भेटघाट, ट्रेड यूनियन महासंघ वडा कमिटी गठन

सोलुखुम्बु, असोज ३


सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा ट्रेड यूनियन महासंघ वडा कमिटी गठन गरिएको छ । शुक्रबार तिङलामा सम्पन्न भेलाले हेमन्तराज गुरुङको संयोजकत्वमा २९ सदस्सीय वडा कमिटी गठन गरिएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुका जिल्ला अध्यक्ष मानवीर राईको प्रमुख आतिथ्यता तथा नेकपा नेता नर बहादुर कटवालको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा ८३ जना कांग्रेस कार्यकर्ता पार्टी परित्याग गरि नेकपा प्रवेश गरेको अनेरास्ववियू सोलुखुम्बुका जिल्ला सदस्य किशोर कटवालले जानकारी दिए ।


सो भेटघाट कार्यक्रममा प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी, उत्तम कुमार बस्नेत लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु