सोलुखुम्बु : टाप्टिङका सय परिवारलाई राहत, तरुण दलको वडा समिति गठन

सोलुखुम्बु, असोज ३


सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङका सय परिवारलाई राहत वितरण गरिएको छ । नेपाल तरुण दलको पहलमा कोरोना कहरबाट प्रभावित टाप्टिङ सय विपन्न परिवारलाई राहत स्वरुप चामल वितरण गरिएको हो ।

कांग्रेस नेता गणेशमान सिंहको २३ औ स्मृति दिवसको अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले टाप्टिङका कोरोना कहरबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो । वितरण कार्यक्रममा नगर प्रवक्ता शारदामाया तामाङ, कार्यपालिका सदस्य गान्धीमाया तामाङ लगायतका कांग्रेस नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तरुण दलको वडा समिति गठन
राहत वितरण कार्यक्रमको अवसरमा नेपाल तरुण दलको वडा समिति गठन गरिएको छ । काजी शेर्पा अध्यक्ष र होम बहादुर मगर उपाध्यक्ष रहने गरि ५१ सदस्सीय तरुण दल वडा समिति गठन गरिएको हो ।

सोही कार्यक्रममा फतान्जेका नेकपाका नेता होम बहादुर मगर पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु