ऐसेलुखर्कमा बजार अनुगमन

सोलुखुम्बु, कार्तिक २

चाडपर्वलाई लक्षित गर्दै खोटाङको ऐसेलुखर्क बजार अनुगमन गरिएको छ ।

ऐसेलुखर्क गाँउपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, जिल्ला प्रशासन कार्यालय खोटाङ, इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ ऐसेलुखर्क, करदाता सेवा कार्यालय र सरोकारवालाहरुको संयुक्त पहलमा आईतबार बजार अनुगमन गरिएको हो ।

अनुगमन टोलीले २७ हजार ८ सय ८८ रुपैयाँ मुल्य बराबरको म्याद गुज्रेका खाद्यान्न जफत गरी डिस्पोज गरेको छ । अनुगमनका क्रममा चक्की आटा १० केजी, पानीपुरी मसला १२ प्याकेट, सानो र ठुलो डिउ ९९ वटा, मिरिन्डा ३ वटा, फ्यान्टा १२ वटा, विभिन्न प्रकारका मसला १ सय ६० प्याकेट, दालमोट ९ वटा, टमाटर सस ८ सय, सुर्यमुखी तेल ६ वटाका साथै बिस्कुट चाउचाउ लगायतका म्याद गुज्रेका खाद्य वस्तु फेला परेको थियो ।

अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेल, ३ नम्बर वडाका वडाअध्यक्ष राजेशकुमार राजभण्डारी लगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको सहकर्मी खेमराज पुरीले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु