थुलुङ दुधकोशी : बाहिरी जिल्लाबाट आउने नागरिक अनिवार्य १४ दिन होम क्वारेन्टीनमा बस्नुपर्ने

सोनी राई,
सोलुखुम्बु, कार्तिक २


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बाहिरी जिल्लाबाट आउने नागरिक अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।


आईतबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठकले वडाको निगरानीमा १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको हो ।

साथै बैठकले पालिका अन्तर्गतका सम्पूर्ण स्थानीय बजार बन्द गर्नुका साथै यस वर्ष देउसी भैलो जस्ता कार्यक्रमहरु गर्न नपाईने निर्णय गरेको गाँउपालिकाका प्रवक्ता भुपाल सिं राईले जानकारी दिए ।


प्रवक्ता राईका अनुसार म्याद गुज्रिएका खाद्यबस्त, र गुणस्तरहीन मदिरा साथै सुर्तीजन्य बस्तुहरुको बिक्रीवितरण गर्न नपाईने भएको छ ।


चाडपर्व नजिकिएसंगै अपराधिक गतिविधि हुने भएकाले गाँउपालिकाभित्र जुवातास खेल्न र खेलाउन नपाईने निर्णय गरिएको जनाईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु